मकवानपुरमा ३९२ किलो गाँजासहित २ जना पक्राउ

संवाददाता
२०८१ आश्विन २२, मंगलवार १३:५४

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमाबाट ३९२ किलो लागूऔषध गाँजा र ट्याङकर गाडी सहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङकर गाडीलाई रोकेर चेकजाँच गरेको थियो।

चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धन बहादुर मल्ललाई शंका लागेर गाडी र उनीहरूको शरीरको खानतलासी गर्दा ट्याङकरको डिब्बामा २५ वटा पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुई जनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*