इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा ६ बालक बाढी कारण बेपत्ता

संवाददाता
२०८१ आश्विन १२, शनिबार १३:५६

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढी कारण बेपत्ता भएका छन् ।

शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिनु भयाे ।

एकेडेमीमा ४० जना बालक थिए । कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिनुभयाे । ३४ जना भने सुरक्षित रहेको उहाँको भनाइ छ । मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर प्रहरी घटनास्थलमा पुग्न नसकेको बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*