सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो

संवाददाता
२०८३ बैशाख २, बुधबार १२:५२

काठमाडौँ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो । उनी सवार भए/नभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*