स्थानीय
हेटौंडा अस्पतालको स्वामित्वमाथि सर्वोच्च अदालतमा रिट
हेटौंडा। हेटौंडा अस्पतालको स्वामित्व विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाउँदै रिट दर्ता गरेका छन्। रिटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थि बनाइएको छ। रिटमा हेटौंडा अस्पतालको स्वामित्व संविधान र संघीय कानुन विपरीत रहेको दाबी गरिएको...
मोटरसाइक दुर्घटना हुँदा दुइ जना घाइते !
हेटौंडा । धरान चतारा सडक खण्डमा कुकुरले बाटो काट्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका –१७ कठायत चोकमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल कुकुर सँग ठोकिएर दुइ जना घाइते भएका हुन् । सडकपार गर्न लागेको कुकुरलाई बचाउने क्रममा...
स्मारकको रात्रिकालिन सेवा, अनि सुन्दर स्मारक : फोटोहरु
हेटौंडा । सुन्दर वातावरण अनि रमणीय दृश्य हरेक पर्यटकको मुख्य गन्तव्य स्थल हो । भ्रमण गर्न रुचाउने घुमन्तेहरुले पनि प्राकृतिकिय र आनन्दीत स्थलको खोज तर्फ लाग्छन् । पर्यटकको पनि आफ्नै रुचाई हुन्छ । कोहि टाढाको गन्तब्य रुचाउँछन त कोहि परिस्थिति अनुकुल नजिकै रमणीय पर्यटकीय स्थलहरुको अवलोकन गर्न रुचाउँछन ।...
नेशनल गोल्ड टेलिभिजन र हेटौंडा एफएमले यस वर्ष पनि खुल्ला तीजगीत महोत्सव गर्ने
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सन्चालित पहिलो र एकमात्र स्याटेलाईट टेलिभिजन नेशनल गोल्ड टेलिभिजन र मकवानपुरकै पुरानो रेडियोस्टेसन हेटौंडा एफएमले यस वर्ष पनि खुल्ला तीजगीत महोत्सव गर्ने भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा बिगतमा जस्तै यसवर्ष पनि तीज गीत महोत्सवलाई निरन्तरता दिन...
हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (ई एच एस) सुरु हुने
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इ एच एस) सुरु हुने भएको छ । शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले यहि भाद्र १६ गते आइतबारदेखि विस्तारित बहिरंग सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । विशेषज्ञ चिकित्सकबाट मात्र प्रदान गरिने विस्तारित बहिरंग...
मकवानपुरगढी ५ को धादिङमा गाजा फडानि
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को धादिङमा गाजा फडानि गरि नष्ट गरिएको छ । धादिङ टोल बिकास समिति र प्रहरीको सहभागीतामा टोलमा भएको गाजा फाडानि गरि नष्ट गरिएको हो । टोल वरपर भएको करिब २०० बोट गाजा फडान गरि नष्ट गरिएको अस्थायी प्रहरि चौकी मकवानपुरगढी धादिङले जनाएको...
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी
हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी गरेको जनाएको छ । बोर्डले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यालयमा यस्तो जानकारी दिइएको हो । बोर्डका कार्यकारी निर्देशक विष्णु...
हेटौंडाको कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुको भिड : फोटोहरु
हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व मनाईदै छ । विभिन्न स्थानको कृष्ण मन्दिरमा आज श्रदालुहरुको घुइँचो लागि रहेको छ । द्धापरयुगमा वासुुदेव र देवकीको कोखबाट जन्मलिनु भएका भगवान कृष्णको पालन पोषण भने एसोमती मैयाले गर्नु भएका थियो । भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान विष्णुले...
हेटौँडामा आउँदो असोज १९ गते लाइभ सेलो साँझ हुँदै
हेटौँडा । हेटौँडामा तामाङ मौलिक गीत, संगीत जागरण गर्ने उद्देश्यले लाइभ सेलो साँझ आयोजना हुने भएको छ । ‘एक तामाङ घर, एक डम्फु’ भन्ने मुल नारासहित गरीन लागिएको लाइभ सेलो साँझ ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको हो । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो असोज १९...
१० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले १० नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालाई बालमैत्री वडा घोषणा अभियान चलाइएको...










