हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (ई एच एस) सुरु हुने

संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १८:१५

 हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इ एच एस) सुरु हुने भएको छ । शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले यहि भाद्र १६ गते आइतबारदेखि विस्तारित बहिरंग सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । विशेषज्ञ चिकित्सकबाट मात्र प्रदान गरिने विस्तारित बहिरंग सेवा प्रत्येक दिन अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म प्रदान गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

विस्तारित बहिरंग सेवाको टिकट परिक्षणका रुपमा हाललाई २४ सै घण्टा उपलब्ध हुने उहाँले बताउनुभयो । विस्तारित बहिरंग सेवामा विशेषगरी जनरल मेडिसिन, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा, भिडीयो एक्स्रे सेवा उपलब्ध हुनेछन् । टिकट मुल्य ५ सय रुपैया तोकिएको बहिरंग सेवामा बिमा सुविधा लागू हुने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*