स्मारकको रात्रिकालिन सेवा, अनि सुन्दर स्मारक : फोटोहरु

अम्बिका बस्नेत
२०८१ भाद्र १६, आईतवार १९:२६

हेटौंडा । सुन्दर वातावरण अनि रमणीय दृश्य हरेक पर्यटकको मुख्य गन्तव्य स्थल हो । भ्रमण गर्न रुचाउने घुमन्तेहरुले पनि प्राकृतिकिय र आनन्दीत स्थलको खोज तर्फ लाग्छन् । पर्यटकको पनि आफ्नै रुचाई हुन्छ । कोहि टाढाको गन्तब्य रुचाउँछन त कोहि परिस्थिति अनुकुल नजिकै रमणीय पर्यटकीय स्थलहरुको अवलोकन गर्न रुचाउँछन । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि त्यस्ता कयौं अवलोकन स्थलहरु रहेको छ । जहाँ दिनहु जस्तो पर्यटकहरु आवतजावत गरि रहन्छन् ।

हेटौंडा उपमहानगरपालिका ११ मा रहेको सहिद स्मारक जसलाई पर्यटकीय हवको रुपमा चिनिन्छ । सुन्दर प्राकृतिक स्वरुप र सहिदको स्तम्भहरु रहेको स्मारकमा पर्यटक टाढा- टाढाबाट पनि आउने गरेका छन् । नेपालको राजनिती आन्दोलनमा योगदान पुर्याएका राजनीतिज्ञहरुको सालिकले पनि स्मारकको महत्त्वलाई अझै आर्सित बनाएको छ ।

खोज अनुसन्धान गर्नेहरुको लागि झन उत्तम स्थान रहेको शहिद स्मारकमा दिनमा मात्रै नभई पर्यटकको लागि रात्रिकालिन अवलोकनको पनि व्यवस्था गरिएको छ । राति १० बजेसम्म स्मारकमा पर्यटकहरुले अबलोकन गरि रहेका छन् । दिनको समयमा घुम्ने र रमाउनेहरु पर्यटहरु जतिकै रातको समयमा पनि उल्लेख्य देखिन्छ । गर्मियाममा सितलता खोज्नेहरु रात्रिकालिन सेवामा स्मारकको सुन्दरता अवलोकन सँगै सितलता लिन स्मारक जाने गरेका छन् ।

फोटो :- आशिष लामा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*