मकवानपुरगढी ५ को धादिङमा गाजा फडानि
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को धादिङमा गाजा फडानि गरि नष्ट गरिएको छ । धादिङ टोल बिकास समिति र प्रहरीको सहभागीतामा टोलमा भएको गाजा फाडानि गरि नष्ट गरिएको हो ।
टोल वरपर भएको करिब २०० बोट गाजा फडान गरि नष्ट गरिएको अस्थायी प्रहरि चौकी मकवानपुरगढी धादिङले जनाएको छ । उक्त कार्यक्रममा स्थानीय, पुर्व जनप्रतिनिधि, टोल विकास समिति अध्यक्ष र प्रहरीको रोहवरमा गाजा नष्ट गरिएको हो ।
टोल समाजमा भएको विकृति र विसंगतिलाई घटाउने उद्देश्यले गाजा फडानि गरिएको पुर्व वडा अध्यक्ष जित बहादुर घिमिरेले बताउनु भयो । पछिल्लो समय लागुऔषधको बिगबिगी बढेको हुँदा समाजमा सकारात्मकताको विकास होस् भन्ने हेतुले उक्त काम गरिएको धादिङ टोल विकास समिति अध्यक्ष रामकुमार खड्काले बताउनु भयो । कार्यक्रममा स्थानीय पुर्व जनप्रतिनिधि, टोल बिकास समिति अध्यक्ष र स्थानीयहरुको सहभागीता रहेको थियो ।