मेवा खेती तर्फ आकर्षित हुँदै पदमपाेखरी ठुलाेथलिका कृषक

अशोक बजगाँई
२०८१ भाद्र २७, बिहीबार १०:०३

हेटौंडा । हेटौंडाको पदमपाेखरी ठुलाेथलिमा पछिल्लो समय मेवा खेती तर्फ कृषकहरुको आकर्षण बढ्दै गएको देखिन्छ।
बिगत ४ बर्ष देखि पदमपाेखरी ठुलाेथलिका किसानहरुले मेवा खेती गर्न थलेकोमा हाल यहाँका ४० प्रतिशत भन्दा बढी किसानहरुले मेवा खेती गर्दै आएका छन् । मेवामा राम्रो आम्दानी तथा उत्पादनको सम्भावना देखिएपछि किसानहरुले यो खेतीतर्फ ध्यान दिन थालेका हुन्।

मेवा खेतीको सुरुवात ठुलोथली स्थित गाेले परिवारका दुई भाइ लाल बहादुर गोले र बाबू गोलेले गरेका थिए। यसपछि, उनीहरुले आफ्ना काका सेर बहादुर गोलेलाई पनि मेवा खेतीको सल्लाह दिए। सेर बहादुर गोलेले बिगत ३ वर्षअघि बाट मेवा खेती सुरु गरे । मेवा खेतीमा राम्रो आम्दानी देखेर आफू मेवा तर्फ लागेको गोले बताउछन् । मेवा खेतीबाट आफुले बर्सेनि सात आठ लाख आम्दानी गरिरहेको उनले सुनाए । मेवा खेती नै मुख्य आम्दानीको स्रोत बनाइराखेका गोलेले वैशाख र जेठ महिनामा मेवा रोप्ने गर्छन् । करिब १० कठ्ठामा मेवा रोपेका उनले पानी पर्ने मौसममा मेवा खेती फस्टाउने बताउँछन् । यस खेतीमा खर्च पनि बढी हुने हुनाले यसलाई राम्रोसँग हेरचाह गर्न आवश्यक रहेको उनको अनुभव छ ।मेवा खेतीमा फाइदा र घाटा दुवै रहेका छन्। सुरुवाती समयमा महँगो बिक्री हुने मेवा पछि, बिचौलिया तथा अन्य समस्याका कारण मूल्य कम हुन सक्छ। एक पटक राम्रो फल्ने मेवा पछि, ठाउँ परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ। बर्सेनि ठाउ परिवर्तन गरि मेवा रोप्न सके राम्रो उत्पादन हुने गोलेले सुनाए ।

यसपाली उनले १० कठ्ठाको क्षेत्रफलमा मेवा खेती गरेका छन् । गतवर्ष उनले १ बिगा बराबरको क्षेत्रफलमा मेवा खेती गरेका थिए। मकवानपुरका विभिन्न स्थानहरुमा मेवा खेती हुँदै आएको भएतापनि व्यावसायिकरूपमा भने पदमपोखरीमा नै धेरै मात्रामा मेवा खेती रहेको पाइन्छ ।

कृषिप्रधान देशको रुपमा रहेको नेपालमा सानो ठाउँबाटै भएपनि कृषिमा नयाँपन आउनु अत्यन्त राम्रो कुरा हो। नयाँ नयाँ खेतीका प्रयोगले कृषकहरुलाई आफ्नै ठाउँमा सम्भावना देखाउँदै कृषि पेशामा अघि बढ्न प्रेरित गरेको देखिन्छ ।

पदमपोखरी क्षेत्रमा कृषकहरुले नयाँ खेतीका विधिहरु अपनाइरहेका छन्, जसले स्वदेशमै कृषि क्षेत्रको सम्भावनालाई उजागर गरेको छ। यसमा, सरोकार वाला निकायहरुले कृषकहरुलाई आवश्यक सहयोग र समर्थन गर्न जरुरी छ ताकि कृषि पेशामा संलग्न किसानहरुलाई थप प्रोत्साहन मिलोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*