मोटरसाइक दुर्घटना हुँदा दुइ जना घाइते !

संवाददाता
२०८१ भाद्र २२, शनिबार १५:०४

हेटौंडा । धरान चतारा सडक खण्डमा कुकुरले बाटो काट्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका –१७ कठायत चोकमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल कुकुर सँग ठोकिएर दुइ जना घाइते भएका हुन् ।

सडकपार गर्न लागेको कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाउँदा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४४ वर्षिय प्रभाब गौतम र सोही स्थानका ४६ वर्षिय उत्तम गौतम मोटरसाईकलमा सवार थिए । मोटर साईकल चालक ४४ वर्षिय प्रभाब गौतम सामान्य घाईते र पछाडी बसेका ४६ वर्षिय उत्तम गौतम गम्भिर गाईते रहेका उनिहरुलाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*