हेटौंडा ४ पारिजातपथमा मोटरसाइकल दुर्घटना

संवाददाता
२०८१ भाद्र २५, मंगलवार २१:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा मोटरसाइकल दुर्घटना भएको छ । सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै  गरेकाे प्रदेश नम्बर ३  ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस. र विपरीत दिशाबाट आउदै गरेकाे ना .१३ प २२६२ नम्बरको  मोटरसाइक एक आपसमा ठोकिँदा ५ जना गम्भीर घाइते भयका छन्  ।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार ५ जना गम्भीर घाइते मध्ये  एक जना महिला रहेकाे प्रहरीले जनाएको छ।

घाइते सबैलाई हेटौंडा अस्पताल लगिएकाे छ । दुर्घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*