इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा ३० घर बगायाे , खानीखेतका २८ घर डुबानमा

संवाददाता
२०८१ आश्विन १२, शनिबार १३:१३

हेटौंडा लगातार परिरहेकाे अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीमा ३० घर बगाएको छ । वर्षाका कारण आएको बाढीले गर्दा ईन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीका बासिन्दाहरुले जाेखिम खेपिरहेका छन् ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

केही दिन देखि लगातार वर्षा भईरहेकाे छ । विपतकाे समय अत्यावश्यक बाहेक बाहिर ननिस्कन र यथास्थानमा सुरक्षित रहन ईन्द्रसराेवर गाउँपालिकाले स्थानियलाई अाग्रह गरेकाे छ । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतका २८ घर डुबानमा परेका छन् । स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा राखिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*