एक भारतीय नागरिक अवैध सुनसहित पक्राउ

संवाददाता
२०८१ आश्विन १५, मंगलवार १८:३५

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा मंगलबार एक भारतीय नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति ३४ वर्षीय सुजित सर्राफ हुन्, जो भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवाका निवासी हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, सुजितलाई विशेष सूचनाको आधारमा ४९० ग्राम ८८० मिलिग्राम सुनसहित पक्राउ गरिएको हो।

प्रहरीले बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा सो क्रममा सुजितको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारका ४ टुक्रा, बिस्कुटको सानो टुक्रा र एक थान सिक्री बरामद भएको थियो। बरामद गरिएको सुनको बजार मूल्य लगभग ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सुजितमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*