मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु

संवाददाता
२०८१ आश्विन १६, बुधबार १३:००

मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा भएको परिवारका सदस्यहरूले जानकारी गराएका छन । परियारको शव ज्यामिरे र सामरी खोला दोभानमा भेटिएको अध्यक्ष दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले भने,” यो दुखद घटना भएकोमा हामी सबै दुःखी छौँ । यसले हामीलाई सावधान रहन र जल स्रोतहरूसँगको व्यवहारमा सतर्कता अपनाउन पर्नेमा सजग बनाएको छ ।”
स्थानीय प्रहरी चौकीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*