बागमतीमा आर्थिक बर्षदेखि ८ वटा मन्त्रालय कायम

संवाददाता
२०८३ बैशाख २३, बुधबार १२:२२

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाई ८ वटा कायम गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो ।

खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका बताएका छन् ।

यसअघि प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो ।

नयाँ संरचनाअनुसार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय रहनेछन् । मन्त्रालयअन्तर्गतका कार्यालय पनि घटाइने भएका छन् । हाल रहेका १ सय ९८ वटा कार्यालयमध्ये करिब ५० वटा घटाइने सरकारको तयारी छ । यसबाट चालु खर्चतर्फ झण्डै ५ अर्ब रुपैयाँसम्म कटौती हुने अनुमान गरिएको छ ।

यो निर्णय आगामी आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुनेछ । हालको मन्त्रिपरिषद् भने चालु आर्थिक वर्षको अन्त्यसम्म यथावत् रहनेछ भने साउन १ गतेदेखि नयाँ संरचना कार्यान्वयनमा आउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*