हेटौंडाबाट ११ करोड बढिको सुन सहित दुई भारतीय नागरिक पक्राउ
हेटौंडा । हेटौंडामा ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिक पक्राउ परेको छ। उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ।
प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा शनिवार बिहान पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा बिल बिजक नभएको ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको बताइएको छ।
पक्राउ पर्नेहरूमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहका छन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने तयारी भइरहेको छ।