कुलेखानी जलाशयको ढोका बन्द

संवाददाता
२०८१ आश्विन १३, आईतवार १४:५७

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिएको छ । ३१ बर्ष पछि ईन्द्रसराेवर तालमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।

कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भए पनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

त्यस्तै हिजाे बाँध खोलेर जलाशयको पानीलाई केही निकास दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएकाे हाे । उहाँका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*