समाचार
बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइदैं
हेटौंडा । बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाउने भएको छ । उक्त प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइने लागेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा ७को उपधारा २ को प्रावधान अनुसार...
प्रतिनिधिसभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौ । गत सोमबारदेखि छलफल जारी रहेको प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता...
पाकिस्तानमा भारतको मिसाइल हमला,३० जनाको मृत्यु
काठमाडौं । भारतले पाकिस्तानमा कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरि मिसाइल हमला गरेको छ । भारतले आतंकवादीहरुलाई लक्षित गरी एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ । भारतले अपरेशन सिन्दूर’ को नाम गरेर पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा मिसाइल आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध...
बागमती प्रदेशमा प्रदेश भाषा दिवस–२०८२ मनाईदै
हेटौंडा । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” यही वैशाख २४ गते बुधबार हेटौंडामा मनाइने भएको छ। प्रदेश सरकारले नेपालको संविधानको धारा ७काे उपधारा २ काे प्रावधान अनुसार तामाङ भाषा र नेपालभाषालाई (नेवारी) सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। यो कार्यान्वयन गर्ने...
जमिनमुनि बेपत्ता गाडीको भूगर्भविद्ले लगाए लोकेसन पत्ता , गहिराइ नाप्ने तयारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान जमिनमुनि भासिएकाे पाँचदिन पछि भूगर्भविद्काे टोलीले गाडीकाे लोकेसन फेला पारेका छन् । भूगर्भविद् कृष्ण पाण्डे नेतृत्वको टोलीले प्रोटोन म्याग्नेटोमिटर प्रविधिबाट जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लागाएका हुन् । गाडीभित्र...
वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेकपा...
ज्ञानबहादुर शाहीको आरोप:राजसंस्था जनमत वा आन्दोलनबाट होइन, छलकपटबाट हटाइयो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको राजसंस्थालाई जनमत वा आन्दोलनबाट नभई छलकपटका माध्यमबाट हटाइएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले वर्तमान संविधान र राजनीतिक व्यवस्थाको उद्गम विदेशी हस्तक्षेपबाट भएको आरोप लगाए। उनले...
भासिएकाे पाँचदिनसम्म पनि फेला परेन पिकअप भ्यान, भूगर्भविदको टोलीले अध्ययन गर्दै
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान जमिनमुनि भासिएकाे पाँचदिनसम्म पनि फेला परेकाे छैन् । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी नभेटिए पछि आइतबार पनि सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम गरिएको थियोे ,भने साेमबार माछापाेखरीकाे...
बागमती प्रदेश सरकारद्वारा बुधवार सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेश सरकारले भोली बुधवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा विदा दिने निर्णय गरिएको हो। यस सम्बन्धमा बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचनामार्फत जानकारी गराइएको छ। विदाको...
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा राज्यमन्त्री गर्बुजाले शपथ लिनुभएको हो। सो अवसरमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अन्य मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी तथा...








