जमिनमुनि बेपत्ता गाडीको भूगर्भविद्ले लगाए लोकेसन पत्ता , गहिराइ नाप्ने तयारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान जमिनमुनि भासिएकाे पाँचदिन पछि भूगर्भविद्काे टोलीले गाडीकाे लोकेसन फेला पारेका छन् । भूगर्भविद् कृष्ण पाण्डे नेतृत्वको टोलीले प्रोटोन म्याग्नेटोमिटर प्रविधिबाट जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लागाएका हुन् ।
गाडीभित्र चुम्बकीय वस्तु धेरै हुने भएकाले उक्त उपकरण प्रयोग गरिएको बताइएको छ। संकेत गाडी भासिएको स्थानको केही पूर्वतर्फ भेटिएको छ। अब अर्को मेसिन प्रयोग गरी गहिराइ पत्ता लगाउने तयारी भइरहेको छ।
उक्त ना४च ४८३३ नम्बरको योद्धा पिकअप भ्यान घाँस काट्ने मेसिनसहित गुडिरहेको बेला भासिएर हराएको थियो। चारदिनको खोजीपछि भूगर्भविद् टोली खटाइएको हो।










