पाकिस्तानमा भारतको मिसाइल हमला,३० जनाको मृत्यु

संवाददाता
२०८२ बैशाख २४, बुधबार ०७:३५

काठमाडौं । भारतले पाकिस्तानमा कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरि मिसाइल हमला गरेको छ । भारतले आतंकवादीहरुलाई लक्षित गरी एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

भारतले अपरेशन सिन्दूर’ को नाम गरेर पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा मिसाइल आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ।

भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।

भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् । भारतको आक्रमणबाट एक महिला र एक बच्चा समेत मारिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मिडियाहरुलाई घटनास्थलमा आएर हेर्न अनुरोध पनि गरेका छन् ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*