वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।
उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।










