प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

संवाददाता
२०८२ बैशाख २१, आईतवार १३:३३

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा राज्यमन्त्री गर्बुजाले शपथ लिनुभएको हो। सो अवसरमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अन्य मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा वैशाख १७ गते गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

शपथ ग्रहणपछि राज्यमन्त्री गर्बुजाले जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै मन्त्रालयको कार्यक्षेत्रमा परिणाममुखी योगदान दिने बताएका छन्।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*