समाचार
राजावादीको सपना पूरा नहुने प्रधानमन्त्री ओलीको भनाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् । प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि...
संविधान र धर्मको नाममा आन्दोलन, राजधानी केन्द्रित रणनीति– के सत्ताको विकल्प खोज्दैछ राजसंस्था पक्ष?
काठमाडौँ । नेपालको वर्तमान गणतान्त्रिक व्यवस्था र धर्म निरपेक्षताको विकल्पको रूपमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्ने उद्देश्यले गठित ‘संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनलाई राजधानी केन्द्रित बनाउँदै त्यसको तयारी तीव्र पारेको छ। समितिको नेतृत्वकर्ता नवराज सुवेदीले अध्यक्षता गरेको बैठकले आन्दोलनलाई काठमाडौँ उपत्यकाभित्र मात्र सीमित नराखी उपत्यकाबाहिरबाट समेत सहभागिता...
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा देशमा ‘यौम-ए-तशक्कुर’ दिवस मनाउने घोषणा
काठमाडौं । हालैको तनावपश्चात भारत र पाकिस्तानबीच शनिबार साँझ भएको युद्धविरामलाई विश्वभरबाट सकारात्मक संकेतका रूपमा लिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको सहमतिलाई विश्लेषकहरूले दक्षिण एसियामा शान्ति स्थापनाको प्रयासको पहिलो चरण मानेका छन्। २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथिको घातक आक्रमणपछि तीव्र बनेको द्वन्द्वले दुई आणविक शक्ति...
बिरालोमा बर्ड फ्लूको संक्रमण, मानिसमा सर्ने जोखिम
काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ । यस...
देशलाई कंगाल राजाहरुले बनाएको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरेका छन् । मान्छे नहुँदा...
भारत विरुद्ध पाकिस्तानीको बुनयान-उल-मरसूस’ जवाफी कारबाही सुरु
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको छ। अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको...
प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुुभएको थियो । उहाँले आक्रमण भएको ठाउँमा...
दीगो विकासका लक्ष्यमा युवाको भूमिका महत्वपूर्ण : मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुदै
हेटौंडा । दीगो विकासका लक्ष्य (SDG) हासिल गर्न युवाको सक्रिय सहभागिता अपरिहार्य भएको निष्कर्ष निकाल्दै मकवानपुर बहुमुखी क्याम्पसले तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्न लागेको छ। ‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल उद्देश्यका साथ सुरु हुने सम्मेलनले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारमा जोड्ने प्रयास गरेको क्याम्पस प्रमुख...
न्यायमा पहुँच सुनिश्चित गर्न कानुन दिवस, ग्रामीण क्षेत्रका नागरिकका लागि अझै चुनौती
काठमाडौं । आज ७३औँ कानुन दिवस देशभर मनाइँदै छ, तर न्यायमा समान पहुँच अझै पनि धेरै नेपालीका लागि टाढाको सपना जस्तै देखिन्छ। सहरमा बसोबास गर्ने र कानुनी साक्षरतासम्पन्न वर्गका लागि न्यायिक प्रक्रिया केही सजिलो देखिए पनि ग्रामीण, पिछडिएको र जनजातीय समुदायका नागरिकहरूका लागि अझै पनि कानुन “डर लाग्दो”...
भारत र पाकिस्तानको द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने
काठमाडौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् । अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा हमला हुँदा जेडी भान्स आफ्नी श्रीमती...










