समाचार

भारतकाे २४ वटा विमानस्थलहरू नागरिक सेवाका लागि बन्द

काठमाडौं । भारतका विभिन्न संवेदनशील राज्यहरूमा सुरक्षा सतर्कता बढाउँदै २४ विमानस्थलहरू अस्थायी रूपमा नागरिक सेवाका लागि बन्द गरिएका छन्। यसमा पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका विमानस्थलहरू पर्दछन्। नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै एयरलाइन्स तथा विमानस्थलहरूलाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको छ।...

९३ हजार  नक्कली नोट सहित अधिकारी पक्राउ

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेकाे छ ।  बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक राम कृष्ण अधिकारीलाई नेपाली ५०० काे नक्कली नोट १ सय ८६  थान सहित प्रहरीले...

आज विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौ । आज विश्व रेडक्रस दिवस मनाइँदैछ ।मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइँदैछ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र...

पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारियो

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु...

भेटियाे मनहरीमा हराएको ट्रक

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका ७ रमनटारबाट हराएकाे ट्रक भेटिएको छ । साेहि स्थानमा घर भएका ट्रक चालक २६ बर्षका सोम बहादुर थिङकाे घरबाट बिहान ट्रक हराएकाे हाे । आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको भनि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा थिङले...

भेटिएन भासिएको गाडी, काठमाडौँ फर्कियो भूगर्भविदको टोली

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे घटनामा अनुसन्धानका लागि खटिएको भुगर्भविद् नारायण अधिकारी नेतृत्वको प्राविधिक टोलीले प्रारम्भिक कार्य सम्पन्न गरेको छ। टोलीले बुधबार प्रारम्भिक अध्ययन कार्य सम्पन्न गरी काठमाण्डौंतर्फ प्रस्थान गरेको जनाइएको छ। चुम्बकीय पद्धतिद्वारा...

बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइयो

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश भाषा दिवस २०८२ मनाइएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइएको हो । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।...

राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते , ६ जनाको अवस्था गम्भीर

हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएको छ,भने ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा राक्सिराङ-९ का १६ बर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ बर्षीय डिल बहादुर घलान, अन्दाजी ६५/७० वर्षीया फूलमाया घलान, स्थानीय ४८ वर्षीय दिपक खड्का, ५० वर्षीय...

पाँच भारतीय जेट खसालेको पाकिस्तानी सेनाको दाबी

काठमाडौं । पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन। यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना...

भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान...