९३ हजार नक्कली नोट सहित अधिकारी पक्राउ
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेकाे छ । बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक राम कृष्ण अधिकारीलाई नेपाली ५०० काे नक्कली नोट १ सय ८६ थान सहित प्रहरीले पक्राउ गरेको हाे ।
धादिङ जिल्ला गंगाजमुना गाउपालिका वडा नं. ०२ घर भई हाल मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ०८ मा बस्दै आएका वर्ष ४२ को राम कृष्ण अधिकारीलाई शंका लागि रितपुर्वक शरीर तथा मोटरसाईकल खानतलासी गर्ने क्रममा उक्त रकम फेला परेकाे हाे ।
प्रहरीकाे अनुसार , अधिकारीले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा नेपाली ५०० दरले नक्कली नोट १ सय८६ थान ,९३ हजार फेला परेको बताइएकाे छ । अधिकारीलाई मुद्रा सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेकाे प्रहरीले जनाएको छ ।










