समाचार

हेटौंडा–काठमाडौँ कान्ति लोकपथ सडक सुचारु, तर अस्थायी डाइभर्सनले अझै जोखिम कायम

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले अवरुद्ध भएको हेटौंडा–काठमाडौँ सडकखण्ड अन्तर्गतको कान्ति लोकपथ आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण आज बिहान ६ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। प्रहरी नायब उपरीक्षक...

बागमतीको बाढीले डाइभर्सन बगायो, कान्ति लोकपथको यातायात ठप्प

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले कान्ति लोकपथ अन्तर्गत हेटौंडा–काठमाण्डौ सडकखण्ड पूर्ण रूपमा ठप्प पारेको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको हो। डाइभर्सन बगाएसँगै बिहान ६ बजेदेखि नै सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। प्रहरी...

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भईरहेको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले सहभागी जनाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी...

जनताको जीवनमा सकारात्मक परिवर्तन आउन अझै बाँकी छ : पूर्व राष्ट्रपति भण्डारी

हेटौंडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक प्रणाली र संविधान निर्माण जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएपनि आम जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन महसुस हुने गरी काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ। शनिबार हेटौंडामा आयोजित मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारण सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान हस्तान्तरण...

हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबलमा चितवन विजयी 

हेटौंडा । मकवानपुरमा भएको सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताकाे उद्वघाटन खेलमा चितवन जिल्ला महिला टिम विजयी भएको छ। गौरिटार रङ्गशाला, हेटौंडामा आज भएको खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिमलाई ५/४ अन्तरगतले पराजित गर्दै चितवन जिल्ला महिला टिम विजयी भएको हाे । प्रतियोगिताकाे...

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको...

मनहरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु 

हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी स्थित पुर्व पश्चिम सडकखण्डमा ट्रकले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–९ घर भई हाल मनहरी गाउँपालिका वडा नम्बर–८ बस्ने ७० वर्षिय गंगा बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब...

मनहरीमा ६ प्रजातिका चैतेधान परीक्षण

मकवानपुर । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको...

राष्ट्रपति पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको...