समाचार

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक...

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौ । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिप दुर्घटना हुँदा अन्य ६ जना पनि घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप गए राति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका...

शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक

काठमाडौ । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो । छलफलमा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा...

नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुँदै

  हेटौंडा। नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा हेटौंडामा यहि वैशाख २६ र २७ गते आयोजना हुने भएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। मोबाइल एसोसिएसन अफ मकवानपुरलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको र भेलामा देशभरका ६० जिल्ला, सात...

राष्ट्रपति पौडेलले वैशाख १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।  उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख...

हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

हेटौंडा — मकवानपुर जिल्लामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता यहि बैशाख १९ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता गौरिटार रङ्गशाला, हेटौंडामा हुने छ। प्रतियोगितामा देशभरका ८ वटा महिला फुटबल टोलीको सहभागिता रहनेछ, जसमा त्रिभुवन आर्मी क्लब, ए.पि. एफ क्लब,नेपाल पुलिस, रिगल हेटौँडा...

माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ । सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी...

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम...

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने...