समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा काठमाडौं तारकेश्वरको नगर अधिवेशन सम्पन्न

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना श्रेष्ठ, वाग्मती प्रदेश...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो...

चन्द्रागिरिको मातातीर्थमा भव्य मेला(फोटो फिचर)

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले...

सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा...

आज माता तिर्थ औँसी  

हेटौंडा । आज माता तिर्थ औँसी, आमाकाे मुख हेर्ने दिन । आजकाे औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै पनि  नआउने दरार विस्वास गरिन्छ । माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यदि आमाहरू...

आगलागी अपडेट : रेष्टुरेन्टको मात्रै करिब १२ लाख क्षति

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् । शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् । ‘लगभग दुई बजेतिर आगोलागी...

शिक्षक महासंघ–सरकार वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुन : बस्ने निर्णय भएको बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए ।...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् । परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा...

शिक्षकहरूलाई वार्तामा आउन सरकारको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।