समाचार
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट दिइन् राजीनामा
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भए पनि निचोड निस्कन...
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर...
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन् । आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए । उनले भने,...
पहिलो पटक मनाईयो राष्ट्रिय याक दिवस
ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुयाइरहेको बताए । ‘ प्रथम राष्ट्रिय याक दिवस ’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री...
अडान बागमती प्रदेशको अध्यक्षमा बर्तौला निर्वाचित
हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला निर्विरोध निर्वाचित भएका छन् । अडानको शनिबार हेटौंडामा सम्पन्न सातौं प्रदेश अधिवेशनले तेस्रो कार्यकालको लागि बर्तौलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षहरुमा द्वारिका प्रसाद रिजाल, लव प्रसाद सुवेदी, माधव प्रसाद बास्तोला,...
अखिल नेपाल औद्योगिक मजदुर संघको मकवानपुर अध्यक्ष शंकर विडारी
हेटौंडा । अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला समिति मकवानपुरको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । शनिबार हेटौंडा औद्योगिक क्षेत्रको उध्योग सघंको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष विडारीको नेतृत्वको नया कार्यसमितिमा उपाध्यक्ष जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त...
छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । वि.सं. २०३३...
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए । हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड...
मकवानपुरगढीमा इभी गाडी दुर्घटना हुदा दुइ जनाको मृत्यु
हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना भएको स्थानमानै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर« –२ धरमपानी स्थित कान्तिलोक पथ...
माग पूरा नभए भोली देखि डाक्टर आन्दोलन झनै चर्किने
काठमाडौं । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा नदिएको भन्दै डाक्टरहरु विगत केही दिनदेखि धर्नामा रहेका छन् । बुधबार माइतीघर मण्डलामा प्राइभेट मेडिकल कलेजहरुले नमानेको विषयलाई लिएर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले सेतो एप्रोन लगाएर धर्ना कार्यक्रम गरेको...










