हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुने
हेटौंडा — मकवानपुर जिल्लामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता यहि बैशाख १९ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता गौरिटार रङ्गशाला, हेटौंडामा हुने छ।
प्रतियोगितामा देशभरका ८ वटा महिला फुटबल टोलीको सहभागिता रहनेछ, जसमा त्रिभुवन आर्मी क्लब, ए.पि. एफ क्लब,नेपाल पुलिस, रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिम, चितवन जिल्ला महिला टिम, वीरगञ्ज युथ एकेडेमि महिला टिम,नवजनजागृति युवा क्लव महिला टिम सिमरा बारा , र रौतहट जिल्ला महिला टिम समावेश छन्। उद्घाटन खेल दिनको ४:०० बजे हुनेछ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रायोनमा सञ्चालन हुनेछ। भिमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको सहयोमा हुनलागेको कार्यक्रममा बागमती प्रदेश सांसद इन्द्र बानियाँ, शिवम् सिमेन्ट लगायत विभिन्न संघ(संस्थाले विशेष सहयोग गरेका छन्।
स्थानीय व्यापारी, व्यवसायी र संघसंस्थाको उल्लेखनीय सहयोगमा हुन लागेको प्रतियोगिताले महिला फुटबलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।










