हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबलमा चितवन विजयी
हेटौंडा । मकवानपुरमा भएको सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताकाे उद्वघाटन खेलमा चितवन जिल्ला महिला टिम विजयी भएको छ। गौरिटार रङ्गशाला, हेटौंडामा आज भएको खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिमलाई ५/४ अन्तरगतले पराजित गर्दै चितवन जिल्ला महिला टिम विजयी भएको हाे ।
प्रतियोगिताकाे उद्वघान हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी हुन् । आज भएको उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरीमा राेकिएकाे थियो । खेलको दोस्रो हाफको १० मिनेटमा चितवन जिल्ला महिला टिमको जर्सी नम्बर १० कि अनिता गुरुङले गोल गर्दै चितवनलाई अग्रता दिलाएकी हुन् । चितवनको अग्रतासँगै मकवानपुर महिला टिम दबाबमा रहेकाे थियो ।
खेलकाे दबाममा रहेकाे टिम मकवानपुरकि जर्सि नम्बर ९ का खेलाडी सजिना स्याङ्तानले दाेस्राे हाफकाे अन्तिम मिनेटमा गाेल गर्दै खेल १/१ गाेलकाे बराबरीमा ल्याएकी थिन ।
प्रतियोगितामा देशभरका ८ वटा महिला फुटबल टोलीको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी क्लब, ए.पि.एफ क्लब,नेपाल पुलिस, रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिम, चितवन जिल्ला महिला टिम, वीरगञ्ज युथ एकेडेमि महिला टिम,नवजनजागृति युवा क्लव महिला टिम सिमरा बारा , र रौतहट जिल्ला महिला टिम समावेश छन्।










