समाचार

हेटौंडामा पहिलो पटक बागमती प्रदेश स्पोर्ट्स अवार्ड: प्रदेशस्तरीय खेलकर्मीको सम्मानमा नयाँ अध्याय सुरु

हेटौंडा । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको पहिचान र योगदानलाई उजागर गर्न पहिलोपटक ूबागमती प्रदेश स्पोर्ट्स अवार्डू आयोजना गर्ने भएको छ। प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई औपचारिक रूपमा सम्मान गर्ने यो अवार्ड कार्यक्रम आगामी जेठ ४ गते हेटौंडा–४ स्थित हुप्राचौरमा आयोजना हुँदैछ। कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन...

गैरीगाउँमा जमिन भासिने घटना : सतही लापरवाहीले निम्त्याएको विपद् ? 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ काे सिमाना नजिक रहेकाे गैरीगाउँमा वैशाख १९ गते जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाले सतही भूगर्भ अध्ययनको अभाव तथा असावधानीपूर्ण मानव गतिविधिको गम्भीर नतिजा देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, घटनाको मूल कारण वर्षौंदेखि बोरिङमार्फत...

कालोपत्रे कार्य तीव्र : कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। कालोपत्रे कार्यलाई तिव्रता दिने उद्देश्यले जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सो सडकखण्डको स्तरोन्नति गर्न सवारी आवतजावत पूर्ण रूपमा बन्द...

उर्जामा आत्मनिर्भरतातर्फ एक कदम: कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुनः पूर्ण क्षमतामा

हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आफ्नो बिग्रिएको युनिट मर्मत गरी पुनः १४ मेगावाट क्षमतामा उत्पादन सुरु गरेपछि विद्युत् आपूर्तिमा ठूलो राहत मिलेको छ। गत वैशाख १५ देखि थालिएको मर्मत कार्य १४ दिनपछि सम्पन्न भई सोमबार अपराह्नबाट दुवै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। नेपाली १८ र चिनियाँ ३...

बिपी राजमार्गमा सवारी अवरुद्ध , बाढीले जनजीवन प्रभावित

काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीले काभ्रेको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने जनजीवन प्रभावित बनेको छ। अस्थायी डाइभर्सन बगाएपछि क्षेत्रका स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा राजमार्ग एकतर्फी सञ्चालनको प्रयास भइरहेको छ। घटनास्थलबाट प्रहरीले १७ जना...

उभौली र बुद्ध जयन्तीका अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा सांस्कृतिक एकता र शान्तिको सन्देश

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उभौली पर्व र बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा सांस्कृतिक विविधता, मेलमिलाप र शान्तिको महत्व दोहोर्याएका छन्। प्रदेश प्रमुख देवकोटाले किराँत समुदायको पवित्र पर्व उभौलीलाई केवल मौसमीय परिवर्तन नभई पुर्खा सम्मान, प्रकृति पूजन र सामाजिक एकताको प्रतीकको रूपमा स्मरण...

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भए पनि युद्वविराम नभए पछि युद्ध तनाव व्यवस्थापनका लागि र्पुह स् वार्ता हुन लागेको हो । आपसी वार्ताबाट विवाद समाधान...

शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको बुद्ध जयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं  । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको स्मरणमा बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसको रुपमा श्रद्धा, भक्ति र ध्यानसहित बुद्ध जयन्ती मनाउँदै आएका छन्। लुम्बिनी, स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा विशेष पूजा, प्रवचन, ध्यान र...

आज किराँत धर्मावलम्बीले उभौली पर्व मनाउँदै

काठमाडौं । आज किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली पर्व मनाउँदै छन् । उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ...

प्रदेश प्रमुख देवकोटाद्वारा बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान गर्नु भएको छ । अधिवेशन यहि जेठ ५ गते सोमवार बिहान ११:०० बजेको लागि आह्वान गर्नु भएको हो। मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन आव्हान गरिएको छ...