उभौली र बुद्ध जयन्तीका अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा सांस्कृतिक एकता र शान्तिको सन्देश
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उभौली पर्व र बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा सांस्कृतिक विविधता, मेलमिलाप र शान्तिको महत्व दोहोर्याएका छन्।
प्रदेश प्रमुख देवकोटाले किराँत समुदायको पवित्र पर्व उभौलीलाई केवल मौसमीय परिवर्तन नभई पुर्खा सम्मान, प्रकृति पूजन र सामाजिक एकताको प्रतीकको रूपमा स्मरण गरेका छन्।
त्यस्तै, बुद्ध जयन्तीका सन्दर्भमा उनले भगवान बुद्धको शिक्षाले आजको अशान्त विश्वलाई करुणा, अहिंसा र समता तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरेका छन्।
उनले मूल पर्वहरूलाई संरक्षण गर्दै सहिष्णु र समृद्ध समाज निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।











