बिपी राजमार्गमा सवारी अवरुद्ध , बाढीले जनजीवन प्रभावित

संवाददाता
२०८२ बैशाख ३०, मंगलवार ११:१०

काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीले काभ्रेको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने जनजीवन प्रभावित बनेको छ।

अस्थायी डाइभर्सन बगाएपछि क्षेत्रका स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा राजमार्ग एकतर्फी सञ्चालनको प्रयास भइरहेको छ। घटनास्थलबाट प्रहरीले १७ जना यात्रुको सफल उद्धार गरेको छ।

बाढीका कारण पनौती क्षेत्रमा खासगरी बसपार्क वरपरका क्षेत्रमा डुबान भएको छ भने खेतबारीमा समेत क्षति पुगेको छ। पनौतीकै सुब्बागाउँमा ३३ वर्षीया रेनुका गिरी मेला फर्कने क्रममा बाढीले बगाएपछि खोजी कार्य जारी छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*