समाचार
सङ्घीय संसद्मा चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको...
१ लाख रुपैयाँको पुरस्कार राशिसहित फ्री फायर नेशनल गोल्ड कप सिजन १ हेटौडामा आयोजना हुने
हेटौडा । “खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” भन्ने मूल नाराका साथ वागमती प्रदेशको राजधानी हेटौडाबाट प्रशारण हुने नेशनल गोल्ड टेलिभिजनको आयोजनामा नेशनल गोल्ड कप सिजन १’ नामक फ्री फायर खेल हुने भएको छ। हेटौडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजनमा र बागमती प्रदेश खेलकुद...
नरेन्द्र प्यासीको आवाजमा ‘ रुमानीको धिम धिम मुटु ’ सार्वजनिक
काठमाडौं । गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । गीत, जीवनको उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ...
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले...
राष्ट्र बैंकको गभर्नरमा पौडेलले लिए शपथ
काठमाडौ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पौडेलको नियुक्ति मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हो। सुस्त अर्थतन्त्र र बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौतीबीच गभर्नर नियुक्त भएका...
बोरीङमा डुबेको योद्धा गाडीको खोजी कार्य तीव्र, केही पार्टपुर्जा फेला
हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँस्थित बोरीङको कारण जमिनमा धसियर हराएको योद्धा गाडीको पार्टपुर्जा फेला परेको छ। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा धसियर हराएको थियो। हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा जेठ ६ गते स्काभेटर र क्रेनको प्रयोग गरी गाडी खोजीको काम...
स्कुटरमा लुकाई ल्याइएको १३ किलो गाँजासहित एक व्यक्ति नियन्त्रणमा
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं ३ लेवटस्थित भित्री सडक खण्डबाट प्रहरीले १३ किलो लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.६३ प २५६१ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा स्कुटरको अगाडिको भागमा रहेको जेब्रा झोलाभित्र लुकाइ छिपाई ल्याइएको गाँजा फेला पारेको हो। गाँजा बोकेर...
भिमफेदीमा विङ्गर गाडी दुर्घटना, १४ जना घाइते — ३ जनाको अवस्था गम्भीर
मकवानपुर | मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा आज दिउँसो करिब १:०५ बजेको समयमा यात्रुबाहक विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसी सल्लाको रुखमा अड्किएको अवस्थामा...
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नउत्तर, समिति प्रतिवेदन र विधेयकमाथि छलफल हुने
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। यो जवाफ प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम हुनेछ, जसअनुसार सांसदहरूले...
नेपालमा चट्याङबाट २३७ जनाको मृत्यु ,९०८ जना घाइते
काठमाडौं । पछिल्ला चार वर्षमा नेपालमा चट्याङका घटनाले जनधनमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साउनदेखि हालसम्म चट्याङबाट २३७ जनाको ज्यान गएको छ भने ९०८ जना घाइते भएका छन्। विशेष गरी बर्खायाममा खेतबारीमा काम गर्ने सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। कोशी...










