नरेन्द्र प्यासीको आवाजमा ‘ रुमानीको धिम धिम मुटु ’ सार्वजनिक
काठमाडौं । गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । गीत, जीवनको उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ । जीवनमा एक्लो हुनुको पिडालाई गीतमा व्यक्त गरिएको छ । उक्त गीतको भिडियोमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहको मुख्य अभिनय छ ।
यस्तै, निहाल नरेन सिंहको निर्देशनमा बनेको गीतको भिडियोमा सविन अधिकारी सहायक निर्देशकको रूपमा छन् । उक्त गीतको भिडियो रुमानी क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका रुमानीको शब्दमा यसअघि पनि ‘ कल कल मुया ’ बोलको गीत सार्वजनिक भइसकेको छ ।










