समाचार
रास्वपाको आकस्मिक बैठक: सर्वोच्चको फैसलापछि रणनीति तय गर्न तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि तत्कालीन राजनीतिक रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ। स्रोतका अनुसार, पार्टी नेतृत्वले उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी कदमबारे स्पष्ट निर्णय लिन आजै एकपछि अर्को गरी दुईवटा भर्चुअल बैठक आयोजना गर्ने निर्णय गरेको हो।...
बाढीले सडक भत्किँदा कान्तिलोकपथ सडक बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह
हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीका कारण मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथ सडक बन्द हुँदा काठमाडौँ–हेटौँडा सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो बगाउँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब...
न्यायिक सक्रियतामाथि दृष्टि : रवि लामिछाने प्रकरणले कानुनी संस्थाको निष्पक्षता पुष्टि गर्यो वा विवादमा तान्यो?
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशले नेपाली न्यायपालिकाको सक्रियता र प्रभावकारिता पुनः एकपटक सतहमा ल्याएको छ। तर, यो सक्रियता सकारात्मक न्यायिक हस्तक्षेप हो कि राजनीतिमा असर पार्ने संवेदनशील निर्णय – बहस चर्किंदै गएको छ। उच्च अदालत बुटवलको आदेशअनुसार थुनामा रहेका लामिछानेलाई मुक्त गर्न माग गर्दै...
रविलाई थुनामा पठाउने आदेश सर्वोच्चबाट सदर
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो...
जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा फरार प्रतिवादी पक्राउ
हेटौंडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लामो समयदेखि फरार रहेकी एक जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत, मकवानपुरमा बुझाएको छ। प्रहरीको अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न रहिएकी हेटौंडा उपमहानगरपालिका–१० निवासी ४० वर्षीया भवानी रानालाई आज पक्राउ गरिएको हो। मकवानपुर जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार...
मुख्यमन्त्री लामाद्वारा मातृभाषा प्रवर्द्धनमा बजेट विनियोजनको घोषणा
हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न आगामी बजेटमा विशेष बजेट विनियोजन गरिने घोषणा गर्नुभएको छ। शुक्रबार हेटौंडामा आयोजित ‘मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवर्द्धन’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बागमती प्रदेशमा बहुसंख्यक तामाङ र नेवारी समुदायले प्रयोग गर्ने मातृभाषाहरू...
रवि लामिछाने र छविलाल जोशीको रिटमा सुनुवाइ आज पनि जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलवारदेखि सुरू भएको सुनुवाइ क्रमशः निर्णायक चरणतर्फ अघि बढ्दैछ। बिहीबार रवि...
चितवनमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु
चितवन । चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३...
विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड
काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ । यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् । हाल ३० वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको...
वन अतिक्रमणको बढ्दो संकट : बागमती प्रदेशको हरियाली संकटमा
हेटौंडा। बागमती प्रदेशमा फैलँदो वन अतिक्रमणले वातावरणीय सन्तुलन र जैविक विविधता संकटमा पारेको छ। प्रदेशका १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपछि वातावरणीय सरोकारवालाहरू चिन्तित छन्। प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमणमा परेको भाग करिब तीन प्रतिशत हो। तर यो सामान्य तथ्य मात्र...









