चितवनमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु

संवाददाता
२०८२ जेष्ठ १०, शुक्रबार ०८:५२

चितवन । चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*