रास्वपाको आकस्मिक बैठक: सर्वोच्चको फैसलापछि रणनीति तय गर्न तयारी

संवाददाता
२०८२ जेष्ठ ११, शनिबार ०७:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि तत्कालीन राजनीतिक रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ।

स्रोतका अनुसार, पार्टी नेतृत्वले उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी कदमबारे स्पष्ट निर्णय लिन आजै एकपछि अर्को गरी दुईवटा भर्चुअल बैठक आयोजना गर्ने निर्णय गरेको हो। दिउँसो ३ बजे सचिवालय बैठक र ४ बजे केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जनाएको छ।

शनिबारको बैठकपछि आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः केन्द्रीय समिति बैठक बस्नेछ।

सर्वोच्च अदालतले शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासको रविलाई थुनामा पठाउने आदेश सदर गरेपछि रास्वपामा राजनीतिक हलचल बढेको छ। लामिछानेमाथि जारी मुद्धाले पार्टीको संगठन, आगामी रणनीति र जनसम्पर्कमा असर पार्ने भएकाले यसबारे पार्टीले गम्भीर छलफल गर्न लागेको हो।

रास्वपाले राजनीतिक दबाबको सामना गर्दै पार्टी एकता जोगाउने र संगठन सुदृढ पार्ने उपायहरूमाथि पनि छलफल गर्ने तयारी गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*