समाचार

माओवादीको मोर्चा विस्तार : नेपाः राष्ट्रिय पार्टीसँग एकता

  काठमाडौं  । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रले नेपाः राष्ट्रिय पार्टीसँग औपचारिक एकता घोषणा गरेको छ। नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता घोषणा गरेका हुन्। कार्यक्रममा माओवादीका शीर्ष नेताहरूको उपस्थिति देखिनुले यो एकतालाई गम्भीर राजनीतिक सन्देशको रूपमा हेरिएको छ। साँघुरिंदै...

भारतका १६ राज्यमा पुनः सक्रिय कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः देखा पर्न थालेको छ। देशका १६ राज्यमा एक हजारभन्दा बढी सक्रिय संक्रमितको पुष्टि भएसँगै सतर्कता अपनाउन थालिएको छ। तर, अधिकारीहरूका अनुसार अहिले देखिएको संक्रमण पहिलाको तुलनामा धेरै हल्का प्रकृतिको रहेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको विवरणअनुसार हाल देशभर १,००९...

एसईई २०८२: रजिस्ट्रेसन फाराम बुझाउने म्याद फेरि लम्बियो, असार ८ सम्म समय

काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि विद्यार्थीहरूको रजिस्ट्रेसन फाराम बुझाउने समयसीमा फेरि लम्बिएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै विद्यार्थी, अभिभावक र विद्यालयहरूबाट आएको मागको सम्बोधनस्वरूप म्याद जेठ ३० गतेसम्म थप गरिएको जनाएको हो।यसअघि बोर्डले वैशाख १२ गते गोरखापत्रमा...

लोडसेडिङ नहुने ऊर्जा मन्त्री दीपक खड्काकाे दाबी 

काठमाडौं । पछिल्लो समय बजारमा लोडसेडिङ पुनः सुरु हुने हल्ला चलिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थिति नियमन गर्न सक्रियता देखाएको छ। ऊर्जा मन्त्री दीपक खड्काले हालको विद्युत् आपूर्तिमा कुनै पनि प्रकारको अभाव नरहेको दाबी गर्दै लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ। कुलेश्वरस्थित कालीमाटी नो-लाइट शाखाको निरीक्षणका क्रममा मन्त्री...

आज नेकपा माओवादी केन्द्र र नेसपा एकता घाेषणा हुदै  

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज औपचारिक एकता हुँदैछ। यो एकता कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुनेछ। यस घटनालाई सामान्य पार्टी एकता मात्र नभई, नेसपाभित्रको नेतृत्व सङ्घर्षको निष्कर्षका रूपमा पनि हेरिएको छ। अध्यक्ष महिन्द्र राय यादवको पछिल्लो...

बरिस्ता तालिम लिने ४० जनालाई प्रमाणपत्र हस्तान्तरण

हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास कार्यालय, मकवानपुरको वित्तीय सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सम्पन्न ३२ दिने (१६० घण्टे) बरिस्ता तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। आइतबार आयोजित एक कार्यक्रममा सामाजिक विकास कार्यालय, मकवानपुरका प्रमुख गोपालप्रसाद कँडेल र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी...

मादी नदी पुलमा रेलिङ भत्किएर जिप खस्दा तीन जनाको ज्यान गयो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलमा भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खस्दा तीन जनाको ज्यान गएको हो। दुर्घटनामा व्यास–५ निवासी ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार...

युवा संघको नेतृत्व छान्न अब मतदानमा जाने निश्चित

पोखरा । सत्तारूढ दलको भ्रातृ संगठन युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रिया अपनाउने संकेत दिँदै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। नयाँ नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सहमतिका लागि गरिएको लामो प्रयास असफल भएपछि अब प्रतिनिधिहरूको मतमार्फत...

कान्तिलोकपथ सडक खुल्याे

हेटौंडा । निरन्तरको वर्षा र पूर्वाधारको अस्थायी समाधानले कान्तिलोकपथ सडक बारम्बार अवरुद्ध हुन थालेको छ। शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १२ घण्टा अवरुद्ध भएको यो सडक शनिबार बिहान मात्र सञ्चालनमा ल्याइएको हो। ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुलको स्थानमा बनाइएको डाइभर्सन...

रवि लामिछाने कहिलेसम्म थुनामा ?, न्यायपालिकाको कठोर सन्देश कि राजनीतिक प्रतिशोध

 काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। अदालतको आदेशले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको निर्णयलाई सदर गर्दै उनलाई अब रुपन्देही जिल्ला अदालतबाट मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्नुपर्ने स्पष्ट गरेको हो। तर यो फैसला...