आज नेकपा माओवादी केन्द्र र नेसपा एकता घाेषणा हुदै  

संवाददाता
२०८२ जेष्ठ १३, सोमबार ०७:३८

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज औपचारिक एकता हुँदैछ। यो एकता कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुनेछ।

यस घटनालाई सामान्य पार्टी एकता मात्र नभई, नेसपाभित्रको नेतृत्व सङ्घर्षको निष्कर्षका रूपमा पनि हेरिएको छ। अध्यक्ष महिन्द्र राय यादवको पछिल्लो समय एकताको प्रक्रियाबाट टाढिनु र श्रेष्ठको अगुवाइमा बहुमतसहितको टोली अघि बढ्नुले पार्टीभित्र शक्ति सन्तुलनमा परिवर्तन आएको स्पष्ट संकेत दिएको छ।

श्रेष्ठका अनुसार, २९ सदस्यीय कार्यकारिणीमा १७ जना र १६० सदस्यीय केन्द्रीय समितिमा ९९ जनाको समर्थन आफूलाई प्राप्त छ। यस्तो समर्थनका साथ श्रेष्ठले नेतृत्वको वैधता स्थापित गर्दै माओवादी केन्द्रसँगको एकता प्रक्रिया अगाडि सारेका छन्।

एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

यसबाट न केवल नेसपाको भविष्यको दिशा निर्धारण हुनेछ, बरु माओवादी केन्द्रभित्रको समावेशीता र क्षेत्रीय समायोजनमा पनि नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*