मादी नदी पुलमा रेलिङ भत्किएर जिप खस्दा तीन जनाको ज्यान गयो

संवाददाता
२०८२ जेष्ठ १२, आईतवार ०७:०६

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलमा भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खस्दा तीन जनाको ज्यान गएको हो।

दुर्घटनामा व्यास–५ निवासी ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ।

प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा सम्पन्न गरिएको हो। यद्यपि, यस घटनाले सडक तथा पुलको नियमित निरीक्षण र मर्मतको आवश्यकता पुनः एकपटक सतहमा ल्याएको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*