समाचार

प्रेस चौतारी नेपाल मकवानपुर शाखाद्वारा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

हेटौंडा । गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले दीप प्रज्वलन गरेको छ । प्रेस चौतरी नेपालको केन्द्रिय सकुर्लर बमोजिम मकवानपुर शाखाले बिहिबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गर्दै गणतन्त्र दिवस मनाएको हो । कार्यक्रम प्रेस चौतारी मकवानपुरको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष...

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, कृषकका समस्याहरुको समाधानमा सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आज गरिएको छ । जनपत्र मिडिया प्रा.लि.हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा कृषकका समसामयिक समस्याहरुको समाधानमा सांसदहरुको भुमिका सम्वन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् बागमती प्रदेशको उद्योग, पर्यटन,...

आगामी आर्थिक वर्षमा बजेटमा ५.६% वृद्धि, आन्तरिक ऋणमा निर्भरता झनै बढ्यो

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ठूलो हिस्सा पुनः चालु खर्चमा विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको बजेट अनुसार, कुल बजेटमध्ये...

गणतन्त्र दिवसमा एमालेकाे प्रतीकात्मक तरबार र ढालसहित प्रदर्शन

काठमाडौं ।  नेकपा एमालेले गणतन्त्र स्थापनाको उत्सवस्वरूप काठमाडौंमा  अनौठो र प्रतीकात्मक शैलीमा गणतन्त्र दिवस मनाएको छ। काठमाडौंमा गणतन्त्र दिवसमा एमालेको तरबार र ढालसहित प्रदर्शन गरिरहेकाे छ । एमालेका सचिव लेखराज भट्टसहित पार्टीका अग्रपंक्तिका नेताहरूको उपस्थितिमा भएको र्‍यालीमा “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारा लगाईएकाे थियाे । साँस्कृतिक झाँकीसहित...

गणतन्त्रको मूल्यमा प्रधानमन्त्री ओलीको जोड: ‘जनताको मत सर्वोपरि’

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा नागरिक स्वतन्त्रता र जनताको निर्णयको अधिकारलाई लोकतन्त्रको मेरुदण्डका रूपमा चित्रण गरेका छन्। टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धि र यसको निरन्तरताका लागि जनचेतना र जिम्मेवारीपूर्ण संलग्नताको आवश्यकता औंल्याएका हुन् । प्रधानमन्त्री ओलीले भने,...

काठमाडौंमा आज गणतन्त्र दिवस—राजनीतिक ध्रुवीकरण झल्काउने प्रदर्शन, सुरक्षाकाे लागि ८ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सडकमा नेकपा एमाले र राजावादी समुहले प्रर्दशन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गणतन्त्रको उत्सवमा रमाइरहेको छ भने अर्कोतर्फ राजावादी समूहहरू गणतन्त्रको विरोधमा उत्रिएका छन्। नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका...

बागमती प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

हेटौंडा । १८औं गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् । बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । । आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख...

अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै

काठमाडौं ।  आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजेका लागि तय गरिएको संयुक्त संसद बैठकमा बजेट प्रस्तुत गरिने छ। संविधानको धारा ११९ अनुसार सरकारकाे राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गर्नुपर्ने प्रावधान अनुरूप अर्थमन्त्री पौडेलले...

आज १८औँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस केवल राजनीतिक प्रणालीको परिवर्तनको सम्झना मात्र नभई, हजारौँ जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त सार्वभौमसत्ता जनतामा प्रत्यायोजन भएको ऐतिहासिक उपलब्धिको उत्सव रुपमा मनाईदै छ। २०६२/६३ को जनआन्दोलनले राज्यशक्तिको मूल स्रोत जनतालाई बनाउने गम्भीर आधार तयार...

मनहरी २ मा गोठ र भान्सामा आगाेलागि हुँदा पाँच लाखकाे क्षति

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ स्याङ्बो टोलमा गोठ र सँगै रहेको भान्सामा अचानक लागेकाे आगो नियन्त्रणमा आएकाे छ । आगाे स्थानियको सहयोगमा ६:५० बजेको समयमा  पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साेहि स्थानमा बस्ने ५८ बर्षका सुरेन्द्र राईकाे घर नजिकै रहेको गाई गोठ...