अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै
काठमाडौं । आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजेका लागि तय गरिएको संयुक्त संसद बैठकमा बजेट प्रस्तुत गरिने छ।
संविधानको धारा ११९ अनुसार सरकारकाे राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गर्नुपर्ने प्रावधान अनुरूप अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्न लागेकाे संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी गराएका हुन् ।
संसद सचिवालयले सबै सांसदलाई दिउँसो २:४५ बजेअघि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन अनुरोध गरेको छ। यश अघि दिउँसो १:३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद्का तर्फबाट प्राप्त कार्यभारसम्बन्धी पत्र वाचन गर्ने छन्।
त्यस्तै, राष्ट्रियसभा पनि बजेट पूर्व गतिविधिमा सक्रिय हुँदै छ। राष्ट्रियसभाको बैठक दिउँसो १:४५ बजे सुरु हुनेछ, जहाँ अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छन्।
बजेट पेसको पूर्वसन्ध्यामा अर्थमन्त्री पौडेलको नेतृत्वमा सरकारले आगामी वर्षको आर्थिक दृष्टिकोण, विकासको प्राथमिकता, राजस्व संकलन तथा खर्च संरचनाबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।











