आगामी आर्थिक वर्षमा बजेटमा ५.६% वृद्धि, आन्तरिक ऋणमा निर्भरता झनै बढ्यो

संवाददाता
२०८२ जेष्ठ १६, बिहीबार १९:३१

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ठूलो हिस्सा पुनः चालु खर्चमा विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको बजेट अनुसार, कुल बजेटमध्ये ११ खर्ब ८० अर्ब चालु खर्चमा, ४ खर्ब ७ अर्ब पुँजीगत खर्चमा र ३ खर्ब ७५ अर्ब वित्तीय व्यवस्थापनमा छुट्याइएको छ।

तर स्रोत व्यवस्थापनको हिसाबले हेर्दा, सरकार पुनः आन्तरिक ऋण र वैदेशिक ऋणमा निर्भर देखिएको छ। १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट उठाउने योजना भए पनि बाँकी रकम २ खर्ब ३३ अर्ब वैदेशिक ऋण र ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणमार्फत जुटाइनेछ।

विकास पूर्वाधार, रोजगारी सिर्जना, र उत्पादनमूलक क्षेत्रलाई सम्बोधन गर्ने पुँजीगत खर्च केवल ४ खर्ब ७ अर्बमा सीमित छ, जुन समग्र बजेटको करिब २१ प्रतिशत मात्रै हो।

बजेटले वैदेशिक अनुदानको हिस्सा घटाएर केवल ५३ अर्ब ४५ करोडमा सीमित गरेको छ, जुन विगत वर्षहरुभन्दा कम हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*