गणतन्त्र दिवसमा एमालेकाे प्रतीकात्मक तरबार र ढालसहित प्रदर्शन

संवाददाता
२०८२ जेष्ठ १६, बिहीबार १३:४६

काठमाडौं ।  नेकपा एमालेले गणतन्त्र स्थापनाको उत्सवस्वरूप काठमाडौंमा  अनौठो र प्रतीकात्मक शैलीमा गणतन्त्र दिवस मनाएको छ। काठमाडौंमा गणतन्त्र दिवसमा एमालेको तरबार र ढालसहित प्रदर्शन गरिरहेकाे छ ।

एमालेका सचिव लेखराज भट्टसहित पार्टीका अग्रपंक्तिका नेताहरूको उपस्थितिमा भएको र्‍यालीमा “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारा लगाईएकाे थियाे । साँस्कृतिक झाँकीसहित सुरु गरिएको र्‍याली काठमाडौंका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा पुगेर कोण सभामा परिणत भएको छ ।

सभा भृकुटीमण्डपमा पुगेर केन्द्रीय नेताहरूको सम्बोधनसहित सम्पन्न हुने कार्यक्रमलाई एमालेले “जनतासँगको ऐक्यबद्धता” को रूपमा व्यक्त गरेकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*