समाचार

राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्ने  क्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई...

कमल थापा पक्राउ परेलगत्तै राजावादीहरूको धर्ना सुरु

काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । कमल थापालाई पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित...

सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि संघर्ष समितिको आन्दोलन घोषणा

सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त बनाउने सरकारी नीतिहरूको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघ र मजदुर संघ–संगठनहरूको केन्द्रीय संघर्ष समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले जेठ १८ गते देशका ६ वटै प्रदेशमा कालो झण्डासहित विरोध र्याली  गर्ने साथै, मागहरू समयमा सम्बोधन नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी...

बजेट कार्यान्वयनको विश्वसनीयतामा जोड, अर्थमन्त्री पौडेलको प्राथमिकता: स्रोत परिचालन र युवा उद्यमिता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार वा महत्वाकांक्षी लक्ष्यभन्दा पनि यसको कार्यान्वयन क्षमतामा केन्द्रित हुनुपर्ने बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने लक्ष्य यथार्थपरक रहेको स्पष्ट पारे। पौडेलले बजेटको दिगोपनालाई प्रमुख प्राथमिकता दिइएको र...

चितवन जिल्लाको विभिन्न ठाउँमा ३ जनाकाे मृत्यु 

चितवन । चितवन जिल्लाको रत्ननगर नगरपालिका–८, श्रीदेवीटोलमा एकजना मानिसको मृत्यु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भई हाल रत्ननगर–१४, श्रीदेवीटोलमा डेरा गरी बस्ने ५० वर्षीय राप्रसाद सहनी मृत्यु भएको हाे । त्यसै गरि भरतपुर महानगरपालिका–२९, बालेटारमा बिहीबार दिउँसो राजेन्द्र आचार्यकाे मृत्यु भएको छ ।  ४२ वर्षीय राजेन्द्र...

बकैया ३ मा गोरेटे बाटोमा लडेर एकजनाको मृत्यु

हेटौंडा  । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका–३, जलजलेमा लडेर एकजनाको मृत्यु भएको छ । ४७ वर्षीय बरूण लामिछानेकाे गाई गोठ नजिक गोरेटे बाटोमा  लडेर मृत भएको हाे । हात्तीसुँडे बजारबाट घरतर्फ जाने क्रममा गाई गोठ नजिक गोरेटे बाटोमा आफैं लडेर मृत अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराएको प्रहरीले उल्लेख गरेको...

हेटौंडा १९ नेवारपानीकाे डम्फिङ साईडमा एक जनाकाे मृत्यु

हेटाैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा एक जनाकाे मृत्यु भएको छ। नेवारपानीस्थित हेटौँडा डेरी उद्योग परिसरको फोहोर डम्फिङ साईडमा प्लास्टिकका भाँडाहरु संकलन गर्ने क्रममा ढलेेर ३५ वर्षीय राजन परियारको मृत्यु भएको हाे । चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, टाँडीका राजन परियार बिहीबार अचेत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ।...

एक तिहाई महिला सहभागिता विषयक बहसमा अधिकार, उपलब्धि र चुनौतीमाथि छलफल

हेटौंडा । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा हेटौंडामा ‘एक तिहाई महिला सहभागिताको कार्यान्वयनमा प्राप्त उपलब्धि र चुनौती’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । अखिल नेपाल महिला संघ जिल्ला कमिटी...

नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार

चितवन । भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो । उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी...

सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मध्याह्न १२ बजे बोलाएका छन् । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ...