राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो ।
सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई बाहिर निकालेर सांसद सिंहसँग केही सोधपुछ गर्नुछ भन्दै नियन्त्रणमा लिएको सांसद सिंहको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले सांसद सिंहलाई सोधपुछका लागि राखिएको जानकारी दिए ।
यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।










