चितवन जिल्लाको विभिन्न ठाउँमा ३ जनाकाे मृत्यु 

संवाददाता
२०८२ जेष्ठ १८, शनिबार १४:१३

चितवन । चितवन जिल्लाको रत्ननगर नगरपालिका–८, श्रीदेवीटोलमा एकजना मानिसको मृत्यु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भई हाल रत्ननगर–१४, श्रीदेवीटोलमा डेरा गरी बस्ने ५० वर्षीय राप्रसाद सहनी मृत्यु भएको हाे ।

त्यसै गरि भरतपुर महानगरपालिका–२९, बालेटारमा बिहीबार दिउँसो राजेन्द्र आचार्यकाे मृत्यु भएको छ ।  ४२ वर्षीय राजेन्द्र आचार्य आफ्नै घरको आँगनको भित्तामा अडेस लागी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

साथै  चितवन जिल्लाको भरतपुर महानगरपालिकाका ६८ वर्षीय पदम पाण्डे रत्ननगर–६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनभित्र रहेको घोलमा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*