समाचार

हेटौंडाकाे एक कपडा पसलमा अपरिचित समूहद्वारा आक्रमण

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्तिरोडमा रहेको दास इम्पोरियम कपडा पसलमा अपरिचित व्यक्तिहरूले आक्रमण गरिएको छ। कपडा किन्ने विषयमा सामान्य विवाद हुँदा तीन जना अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर पसल सञ्चालकलाई काठको बेलनले प्रहार गरेका हुन्। प्रहारबाट पसल सञ्चालक ६५ वर्षीय बिन्दल दासको टाउकोको पछाडिको भागमा चोट...

बालश्रम विरुद्ध विश्व दिवस : बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताउनुुभएको छ । बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ...

मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म बन्द

चितवन ।  मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म हरेक रात साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने भएको छ। विशेषगरी बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलाको पुल क्षेत्रमा आरसीसी बिम जडान कार्य भइरहेका छ। यही कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न सडक...

अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको...

एक साताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले...

बागमती प्रदेशको औषधि तथा उपकरण प्रक्षेपण,  रोग नलाग्ने उपायमा जोड

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरेको छ। पहिलोपटक आयोजित यस विशेष कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका बिषयमा छलफल भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह...

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । हाल देशको पश्चिम र मध्य भागमा...

‘जेन–जी’ को आवाज: पुराना नेताहरूमाथि नयाँ पुस्ताको अविश्वास, बालेन शाह सबैभन्दा लोकप्रिय

काठमाडौं ।  नेपालमा सामाजिक र राजनीतिक चेतनाको दिशामा ठूलो परिवर्तन देखिएको छ । १३ देखि २८ वर्ष उमेर समूहका युवाहरु – जसलाई ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ – उनीहरूको नेतृत्व रोजाइमा परम्परागत दलका नेताहरू पछाडि परेका छन्, जबकि स्वतन्त्र धारका नेताहरूको लोकप्रियता आकाशिएको छ । सातै प्रदेशका एक हजार १९...

बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियाे

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार  बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स  हालसम्मकै उच्च मासिक आप्रवाह हो। गत वर्षको यही महिनासम्म जम्मा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियाे,भने यो वर्ष झण्डै ५० अर्ब रुपैयाँले बढी...

आज तुलसीको दल राख्दै

हेटौंडा । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन...