समाचार
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध...
सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर हराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला
काठमाडौं । सामाजिक सञ्जालमार्फत सुसाइड नोट सार्वजनिक गरी सम्पर्कविहिन भएका डा.केशव श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ। मानसिक तनावका कारण आत्मघाती सोच बनाएका श्रेष्ठलाई बालाजु क्षेत्रको एक घरबाट नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आज बिहान बालाजुबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार श्रेष्ठ डोरी खोज्दै हिँडेको...
‘ह्वाट्सएप अन, मोबाइल अफ’: डिजिटल संकेतका आधारमा डा.केशव श्रेष्ठको खोजी तीव्र
काठमाडौं । फेसबुकमा भावुक स्टाटस लेखेपछि सम्पर्कविहीन बनेका बागमती प्रदेश सरकारका चिकित्सक डा. केशव श्रेष्ठको खोजी प्रहरी प्रशासनले प्रविधिको सहायतामा तीव्र बनाएको छ। मोबाइल बन्द भएको अवस्थामा पनि डा। श्रेष्ठको ह्वाट्सएप सक्रिय देखिएको पुष्टि भएपछि प्रहरी डिजिटल संकेतहरूका आधारमा खोजीमा जुटेको हो। स्रोतका अनुसार हालसम्म उनको मोबाइल लोकेसन चाबहिलस्थित...
सातवटै प्रदेशको बजेट पेस : बागमती सबैभन्दा ठूलो बजेटसहित अगाडि
हेटौंडा । नेपाल सरकार तथा सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना बजेट प्रस्तावहरू सार्वजनिक गरेका छन्। केन्द्रीय सरकारले बजेट प्रस्तुत गर्दै कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०८२ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा...
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुण्दनराज काफ्लेले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि र किसान सशक्तिकरणलाई प्राथमिकतामा राखिएको...
बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकः पूर्वाधारमा जोड, सामाजिक क्षेत्रमा कम लगानी
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमा भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको देखिए पनि शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा अपेक्षाकृत कम लगानी गरिएको छ । सरकारले भौतिक...
बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६...
बागमती प्रदेशको बजेट सार्वजनिकमा ढिलाइ
हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तय गरिएको समयभन्दा ढिलाइ भएको छ। आइतबार साँझ ६:३० बजे प्रदेश सभामा बजेट पेश गर्ने भनिए पनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक सारिएपछि बजेट आउन ढिलाइ भएको हो । सरकारले बजेट स्वीकृत गर्ने उद्देश्यले बोलाएको मन्त्रिपरिषद् बैठक झन्डै दुई घण्टा...
मधेश प्रदेशमा ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको...
प्रतिनिधि सभा : प्रतिपक्षको अवरोधबीच पनि नियमित कार्यसूची अघि बढ्यो
काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध र अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठकले ३ घण्टा १७ मिनेटसम्म नियमित कार्यसूची अघि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक अवधिभर नाराबाजी गर्दै वेल घेरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरेका थिए। यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले...








